images
images
images

खुवाफोक गोल्डकपको चौथो संस्करण जेठ १४ देखि सुरु हुने

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा आगामी जेठ १४ गतेदेखि चौथो संस्करणको खुवाफोक गोल्डकप संचालन हुने भएको छ । खुवाफोक युनाइटेड फुटवल क्लवको आयोजनामा आगामी जेठ १४ देखि १७ गतेसम्म पिङवुङ खेलमैदानमा प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ७० हजार ७ सय ७७ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

images
images

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैया सहित मेडल र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद ३ हजार रुपैया प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक तयारी सुरु गरिएको आयोजकले जनाएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्