images
images
images

एलएक्स सिटी फाइनलमा, लिग च्याम्पियन चर्च ब्वाइज पराजित

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई ५-४ गोलअन्तरले पराजित गर्दै मोरङको एलएक्स सिटी एफसी बेलवारी रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

images

धनकुटा । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई सडन डेथमा पराजित गर्दै मोरङको एलएक्स सिटी एफसी राजारानीमा जारी १२ औं संस्करणको रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय २÷२ गोलको वरावरीमा सकिएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथसम्म पुगेको खेलमा एलएक्स सिटी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजका लागि समीर तामाङले दुई तथा एलएक्सका लागि प्रदिप लामा र छिरिङ गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आज सम्पन्न खेलको प्लेयर अफ द म्याच एलएक्स सिटी एफसीका गोलकिपर विवेक मगर घोषित भए । उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले नगद ७ हजार पाँच सय रुपैया सहित ट्रफी प्रदान गरे ।

images
images

उपाधिका लागि झापाको विर्तामोड युनाइटेड क्लव र मोरङको एलएक्स सिटी एफसी वीच प्रतिस्पर्धा हुने प्रतियोगिताको फाइनल खेल आइतवार हुनेछ । विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्