images
images
images

धरान–लेउती सुरुङमार्गकाे निर्माण कार्य अगाडि बढ्ने

images

धनकुटा । सरकारले धरान–लेउतीको सुरुङ मार्ग निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढ्ने भएको छ । सङघीय संसदको संयुक्त वैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा धरान–लेउती सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाउने बताए ।

उपप्रधान तथा अर्थमन्त्रीले बजेट वक्तव्यमा धरान–लेउतीसँगै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरु दुम्कीवास–बर्दघाट, खुर्कोट–चियावारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल र कुलेखानी–भिमफेदी सुरुङ मार्गका लागि पनि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बनाउने उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट वक्तव्य मार्फत् बताए । त्यस्तै टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

images
images

धरान–लेउती सुरुङ मार्ग निर्माण गर्न प्रक्रिया अघि वढेसँगै स्थानीयमा उत्साह छाएको छ । सुरुङमार्ग निर्माणपछि धरान–धनकुटाको दुरी मात्र छोटो हुँदैन । चिन र भारतको दुरी समेत छोटो हुनेछ । अहिले तमोर कोरिडोर मार्फत् चिनको ओलाङ्चुङ्गोला र कोशी राजमार्ग मार्फत् किमाथांका सम्म सडक संजाल जोडिएको छ । भने नेपाल भारतको सीमा बजार जोगमनी देखि रानी हुँदै धरान सम्म सडक चौडाहा हुँदैछ ।

images
images

प्रतिक्रिया दिनुहोस्