धनकुटा । ११ वर्षअघि सवारी दुर्घटनामा एक यात्रुको मृत्यु भएपछि फरार रहेका पिकअप चालक भोजपुरबाट पक्राउ परेका छन् । २०७१ साल असोज २१ गते तत्कालीन डाँडाबजार गा.वि.स. वडा नं. २, फुस्रेमा भएको दुर्घटनामा पिकअपबाट खसी घाइते हुँदा यात्रारत धनबहादुर मगरको उपचारको क्रममा मृत्यु भएको थियो।
उक्त दुर्घटनापछि फरार रहेका झापा शिवसताक्षी–६ का मिलन भन्ने गजेन्द्रकुमार श्रेष्ठलाई भोजपुरको ट्याम्केमैयुङ–४, नागीमा लुकीछिपी बसिरहेको अवस्थामा असार ८ गते पक्राउ गरिएको हो। श्रेष्ठ पछिल्लो समय वास्तविक परिचय लुकाएर स्थान परिवर्तन गर्दै ड्राइभिङ पेशा गरिरहेको सूचनाका आधारमा भोजपुर प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कार्यालयमा बुझाएको हो । उक्त घटनामा धनकुटा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद लिई सवारी ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्