images
images
images

होमस्टे, होटल तथा क्याटिन सञ्चालकलाई लक्षित खाद्य स्वच्छता तालिम सम्पन्न

images

धनकुटा । “खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता” भन्ने नारासहित होमस्टे, होटल, रेष्टुरेन्ट तथा क्याटिन सञ्चालकहरूलाई लक्षित गरी खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । साँगुरीगढी गाउँपालिकाको सभाहलमा सम्पन्न तालिममा स्थानीय स्तरमा सेवा दिँदै आएका व्यवसायीहरूको क्षमता अभिवृद्धि र खाद्य स्वच्छता विषयमा जानकारी प्रदान गर्ने उद्देश्य राखिएको थियो ।

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाको आयोजनामा र साँगुरीगढी गाउँपालिका तथा होटल एसोसिएसन भेडेटारको सहकार्यमा आयोजना गरिएको हो । तालिममा सरसफाइका न्यूनतम मापदण्ड, खाद्य जन्य रोगहरूको जोखिम न्यूनीकरण, भान्सामा अपनाउनुपर्ने स्वच्छ अभ्यास, खाद्य वस्तुको सुरक्षित भण्डारण, तयारी र वितरणसम्बन्धी जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरिक्षक सुशिल कोइरालाले बताए ।

images
images

कार्यक्रममा सहभागी व्यवसायीहरूले तालिम उपयोगी भएको भन्दै यस्ता कार्यक्रमले आफूहरूको व्यवसायमा गुणस्तर सुधार गर्न मद्दत पुग्ने प्रतिक्रिया दिएका छन् । कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, होटल एशाेसिएसन अफ भेडेटारका अध्यक्ष तुमराम लिम्बु लगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्