images
images
images

धनकुटामा ७० मिटर गहिरो खोल्सीमा खसेकी महिलाको सकुशल उद्दार

images

धनकुटा । करिव ७० मिटर गहिरो खोल्सीमा खसेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेकाे छ । धनकुटा नगरपालिका–६ स्थित परिचय मोड नजिकै कोशी लोकमार्गको पेटीमा बसिरहेकी नगरपालिका–५ की अन्दाजी ३५ वर्षीया पूर्णिमा राई शनिवार साँझ करिब ६:३० बजे अचानक सडकमुनी करिब ७० मिटर गहिरो खोल्सीमा खसेकी थिइन् ।

स्थानीयले घटना देखेपछि जिल्ला प्रहरी कार्यालय धनकुटालाई जानकारी दिएका थिए । सूचना पाएलगत्तै प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थलमा खटेको थियो । प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्