धनकुटा l धनकुटा नगरपालिका–४ मा अवस्थित श्री पञ्चमी पार्कभित्रको बाल उद्यान केन्द्रमा रहेका अनाथ बालबालिकाका लागि ४३ इन्चको टेलिभिजन हस्तान्तरण गरिएको छ । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटाले सो केन्द्रमा रहेका १३ जना अनाथ बालबालिकाको मनोरञ्जन तथा सिकाइ सहजीकरणका लागि टिभी प्रदान गरेको हो ।
टिभी इन्स्टिच्युटका निर्देशक रामनारायण प्रसाद शाह ‘रामा’ले केन्द्रमा औपचारिक रूपमा हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा संस्थाका प्रशासन प्रमुख खगेन्द्र घिमिरे लगायत अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । इन्स्टिच्युटका अनुसार, आगामी दिनमा पनि समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्