images
images
images

फाक्सिव गोल्डकपको आय–व्यय सार्वजनिक, ५३ हजार ९८९ रुपैयाँ बचत

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ४ मा संचालन भएकाे छैठौं संस्करणको फाक्सिव गोल्डकपको आय-व्यय सार्वजनिक गरिएको छ । आयोजक फाक्सिव फुटवल क्लवले एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको आय-व्यय प्रतिवेदन अनुसार विभिन्न दाता र स्थानीय तहवाट कुल ८ लाख २७ हजार ४६६ रुपैयाँ सहयोग संकलन भएको थियो । भने प्रतियोगिताको संचालन गर्दा ७ लाख ७३ हजार ४७७ रुपैया खर्च भएको छ । कुल आम्दानीवाट कुल खर्च कटाएर ५३ हजार ९८९ रुपैया वचत भएको फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्ला लिम्बुले बताए ।

images
images

उनका अनुसार साँगुरीगढी गाउँपालिका र ४ नं. वडा कार्यालयबाट एक मुष्ट ४ लाख १२ हजार ६०० रुपैया सहयोग प्राप्त भएको थियो । त्यस्तै देश तथा विदेशका फाक्सिववासी सहित ६५ जना दाताहरुबाट ४ लाख १४ हजार ८६६ रुपैया सहयोग प्राप्त भएको थियो ।

प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न सहयोग पु¥याउने सवैलाई धन्यवाद समेत दिएको छ । फाक्सिवमा प्रत्येक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस फुटबल प्रतियोगिताले स्थानीयस्तरमा फुटबलप्रतिको उत्साह र माहोल सिर्जना गरेको आयोजकको दाबी छ ।

गतवर्ष २०८१ चैत्र ३० देखि २०८२ वैशाख ३ गतेसम्म फाक्सिव खेल मैदानमा प्रतियोगिता संचालन भएको थियो । छैठौं संस्करणको उपाधि पाथिभरा फुटवल क्लवले राजारानीको रारा फुटवल क्लवलाई ३-० गोलअन्तरले पराजित गर्दै जितेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्