images
images
images

बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै अन्तरपाटी महिला संजाल धनकुटाको विरोध

images

धनकुटा । सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन  खोजिएको भन्दै अन्तरपाटी महिला संजाल धनकुटाले विरोध जनाएको छ ।

सरकारले हालै प्रस्तावित मुलुकी देवानी संहिता २०७४ को संशोधन मस्यौदामा विवाहित पुरुषले दोस्रो महिलासँगको सम्बन्धबाट गर्भ रहन गएमा त्यो सम्बन्धलाई कानुनी मान्यता दिने प्रावधान राखेपछि यी दुई संस्थाले विरोध जनाएका हुन् ।

images
images

उक्त मस्यौदालाई महिलामाथि अन्याय र वैवाहिक अधिकारमाथि गम्भीर हस्तक्षेप हुने भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्रमा प्रस्तावित मस्यौदा महिलाको आत्मसम्मान र सुरक्षाविपरीत रहेको भन्दै तुरुन्त खारेज गर्न माग गरिएको छ । महिलाका अधिकार र समानताको पक्षमा बलियो कानुनी संरचना निर्माण गर्न आग्रह गरिएको अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष अम्विका धमलाले बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटा उपप्रमुख सावित्रा राई, धनकुटा नगर उपप्रमुख भीमादेवी खनाल लगायत महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाल महिला संघ धनकुटाले पनि ध्यानाकर्षण पत्र वुझाएको थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्