images
images
images

नेपाल पूर्व प्रहरी संगठनको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम

images

धनकुटा । नेपाल पूर्व प्रहरी संगठनको ३५औं स्थापना दिवसको अवसरमा संगठनको धनकुटा जिल्ला कार्य समितिले सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा धनकुटा नगरपालिका–१ निवासी जेष्ठ सदस्य प्रेम मोक्तान तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उद्घाटन सत्रमा नेपाल पूर्व प्रहरी संगठन धनकुटाका केन्द्रीय सदस्य हर्कनारायण सिंह राईले पूर्व प्रहरीहरु एकजुट भई समाज र राष्ट्र निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदीले पूर्वप्रहरीहरु राज्यको सम्पत्ति भएको उल्लेख गर्दै उनीहरुको अनुभव र योगदानलाई सम्मान गर्नुपर्ने बताए । त्यस्तै, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले देश र समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पूर्वप्रहरीहरुलाई राज्यले थप सम्मान गर्नुपर्नेमा जोड दिए ।

images
images

कार्यक्रममा नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, निवृत्त शिक्षक समाजका अध्यक्ष देवबहादुर खड्का, नेपाल पूर्वसैनिक संगठनका उपाध्यक्ष होमप्रसाद अधिकारी, पूर्वमेजर बलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार सन्तवीर लामा लगायतले शुभकामना व्यक्त गर्दै भूतपूर्व प्रहरीको योगदानप्रति आभार प्रकट गरे । संगठन धनकुटाका अध्यक्ष डम्बर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुरेश मगर गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्