images
images
images

भेडेटार–ओख्रे सडक सुचारु, ओख्रे–डाँडाबजार खुल्न अझै केही समय लाग्ने

images

धनकुटा । धनकुटा सहित इलाम र पाँचथरलाई जोड्ने भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गत भेडेटार–ओख्रे खण्ड सञ्चालनमा आएको छ । अविरल वर्षापछि आएको पहिरोका कारण भेडेटार–डाँडाबजार सडक खण्डका तीन स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।

भेडेटार नजिकैको नाम्जे थुम्कीमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । उनका अनुसार हाल ओख्रेसम्मको सडक सुचारु भइसकेको छ भने ओख्रे–डाँडाबजार खण्डअन्तर्गत लुम्फाजुङ र वालुवाखानी क्षेत्रमा अवरुद्ध सडक सफाइ कार्य जारी छ ।

images
images

मौसम अनुकूल रहेमा पहिलो चरणमा पहिरो पन्छाएर आज साँझ वा भोलि बिहानसम्म ओख्रे–डाँडाबजार सडक खण्ड पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्