images
images
images

छथरजोरपाटी गाउँपालिका पछि महालक्ष्मी नगरपालिकाले पनि गर्यो करार र अस्थायी कर्मचारीको सेवा सम्झौता रद्द

images

धनकुटा । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरिएको जानकारी सार्वजनिक गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार  आगामी कार्तिक १ गतेदेखि लागु हुने गरी करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको करार औपचारिक रूपमा समाप्त गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुराईले हस्ताक्षर गरेको सूचनामा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरवन्दी वाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनी निर्देशन भए अनुसार नगर अनुदानबाट पारिश्रमित भुक्तानी हुने गरी यस कार्यालय अन्तरगत स्वीकृत दरवन्दी बाहेक अस्थायी नियुक्ती भएका, करार सेवामा नियुक्ती भएका, दैनिक ज्यालादारी कर्मचारी कार्यरत कर्मचारी, तथा अन्य कर्मचारी  (नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय शिक्षक तथा वालविकास स.का) का सबै नियुक्ती र करार सम्झौता रद्द गरिएको उल्लेख छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्