images
images
images

नेपाली कांग्रेस धनकुटाको श्रद्धाञ्जली कार्यक्रम

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले कैलाशमान उदास र पत्ते वहादुर राईको हालै निधन भएकोमा धनकुटा नगरपालिका–४ देव्रेवास र वडा नं. ५ कर्मिटारमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

धनकुटा नगरपालिका–४ का समाजसेवी तथा नेपाली कांग्रेसका अभिभावक स्वर्गीय कैलाशमान उदासको पाँचौँ पुण्यतिथिका अवसरमा देव्रेवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत, कांग्रेस धनकुटाका जिल्ला सदस्य गोविन्द्र मैनाली, पूर्व जिल्ला सदस्य महेश श्रेष्ठ, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) का उपसभापति मिलन खड्गी, नगर समितिका सभापति अभिषेक कर्माचार्य, क्षेत्रीय प्रतिनिधि सरस्वती श्रेष्ठ, वडा नं. ४ का सभापति हरी तिम्सिना, उपसभापति तोर्ण श्रेष्ठ, सचिव थिरबहादुर थापा, खेम वराल, सदस्य रणमाया श्रेष्ठलगायतले स्वर्गीय उदासप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना पत्र प्रदान गरे। ८२ वर्षको उमेरमा निधन भएका स्वर्गीय उदासकी श्रीमती राधिका देवी श्रेष्ठ, कान्छा छोरा किसन श्रेष्ठ, छोरी शर्मिला श्रेष्ठ, जेठी बुहारी शसिकला मल्ल र कान्छी बुहारी पूजा श्रेष्ठ रहेका छन् । उनका जेठा छोरा रोशन श्रेष्ठको केही वर्षअघि निधन भएको थियो । कार्यक्रम वडा नं. ४ का सभापति हरी तिम्सिनाको अध्यक्षतामा सम्पन्न भयो।

images
images

यसैगरी, धनकुटा नगरपालिका–५ कर्मिटार निवासी नेपाली कांग्रेसका अभिभावक स्वर्गीय पत्ते वहादुर राईको स्मृतिमा सोही दिन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । कार्यक्रममा कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत, कांग्रेस नगर समितिका सभापति अभिषेक कर्माचार्य, क्षेत्रीय उपसभापति मिलन खड्गी, वडा नं. ५ का सभापति तथा वडाध्यक्ष धनकुमार राई, उपसभापतिद्वय शम्भु प्रधान र गोविन्द्र राई, नेपाल शिक्षक संघ नगर कार्यसमितिका निर्वतमान अध्यक्ष रामबहादुर श्रेष्ठ, लोकतान्त्रिक खेलकुद महासंघ धनकुटाका कोषाध्यक्ष सुमन श्रेष्ठ, निर्वाचित वडा सदस्य टिका श्रेष्ठलगायतले स्वर्गीय राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना पत्र प्रदान गरे । स्वर्गीय पत्ते वहादुर राईकी श्रीमती सीता राई, जेठा छोरा धनकुटा बहुमुखी क्याम्पसका कर्मचारी तथा समाजसेवी कृष्ण राई, कान्छा छोरा तथा नेपाल तरुण दल वडा नं. ५ का अध्यक्ष बेनु राई, जेठी बुहारी नेपाली कांग्रेसकी पूर्व जिल्ला सदस्य शुली राई, कान्छी बुहारी सञ्जु राई तामाङ, छोरीहरू अरुणा राई, देविमाया राई, अनिता राई तथा नाति–नातिनीहरू रहेका छन्। कार्यक्रम वडा नं. ५ का सभापति तथा वडाध्यक्ष धनकुमार राईको अध्यक्षतामा सम्पन्न भयो।

धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय कैलाशमान उदास र स्वर्गीय पत्ते वहादुर राईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले बतए। उनले दुबै समाजसेवीको योगदान स्मरणीय रहेको भन्दै शोक प्रकट गरे।

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS