images
images
images

धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सम्मानपूर्वक बिदाई

images

धनकुटा । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका शिवराम गेलाललाई आज धनकुटामा एक समारोहका बीच भव्य सम्मानसहित बिदाई गरिएको छ ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिका उपप्रमुख भिमा देवी खनाल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सदस्य नरेन्द्र पोखरेल, नेकपा माओवादी केन्द्रका सचिव ओम प्रकाश निरौला, जनता समाजवादी पार्टी नेपालका जिल्ला सचिव डम्बर कटुवाल, नागरिक समाजका दोर्ण गुरागाईं, र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासलगायतले खादा, माला र टिका लगाई प्रमुख जिल्ला अधिकारी गेलाललाई सम्मान गरेका थिए । उपस्थित वक्ताहरूले गेलालको धनकुटाको शान्ति सुरक्षा कायम गर्न योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफल र प्रगतिशील होस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा गेलाललाई ‘फेरि भेटौंला’ भन्दै मायाको चिनो उपहारस्वरूप प्रदान गरिएको थियो ।

images
images

बिदाई समारोहमा प्रमुख जिल्ला अधिकारी गेलालले धनकुटामा कार्यरत रहँदा सबै पक्षबाट पाएको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘धनकुटा मेरो मनमा सधैं रहनेछ । विकास र समृद्धिका लागि म जहाँ भए पनि धनकुटाको साथमा रहन्छु ।’ दोलखाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदै करिब दुई महिना अघि धनकुटामा सरुवा भएर आएका गेलाल हाल झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भई जान लागेका हुन् ।

images
images

प्रतिक्रिया दिनुहोस्