images
images
images

कोल्वोटेमा सडक भासिँदा करोडौँको क्षति

images

धनकुटा । अविरल वर्षासँगै कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटारको कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो जाँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी इञ्जिनियर सन्तोष साहका अनुसार सडकको आधा भाग र टेवा पर्खालसहित करिब ३० मिटर दुरीमा क्षति पुगेको हो । यो प्रारम्भिक क्षतिको विवरण हो ।

अविरल वर्षाका कारण सडकको माटो बग्दा आज (शुक्रवार) बिहान करिब ११ बजे सडक भासिएको हो । सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन भएको थियो । दिनभरि सडक डिभिजन सहित अन्य निकायको प्रयासमा साँझ देखि ठूला सवारी साधन एकतर्फी रुपमा संचालनमा आएको छ ।  डिभिजन सडक कार्यालयकी सुपरिवेक्षक अमृता राईले उक्त स्थानमा निरन्तर वर्षापछि भासिएको माटोले सडकको आधार कमजोर बनेको र हाल थप जोखिम रहँदै आएको जानकारी दिइन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्