धनकुटा । आज विहान करिव ६ बजे धनकुटा–पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेर दुर्घटना भएको
छ । दुर्घटनामा एक जनाको मृत्यु तथा १४ जना घाइते भएका छन् । संखुवासभाको सभापाेखरी २ वस्ने ८२ वर्षीय सावित्रा कालाखेतीको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा विहान करिव ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । उनको शव अहिले जिल्ला अस्पताल धनकुटामा नै राखिएको छ ।
त्यस्तै महालक्ष्मी–३, संखुवासभा बस्ने सुजता गिरी (प्रहरी जवान), मेरुदण्डमा चोट लागेर मध्यम अवस्थामा जिल्ला अस्पताल धनकुटामा उपचाररत, सिलिचुङ–३, संखुवासभा बस्ने सगीता राई (३०) बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, नरेन्द्र राई (३९) बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, पाँचखपन–९, संखुवासभा बस्ने लमु शेर्पा (२४) टाउकोमा चोट, अवस्था मध्यम, जिल्ला अस्पतालमा उपचाररत, लिम्चुङबुङ–१, उदयपुर बस्ने निर्जला राई (४४) दाहिने खुट्टामा चोट, अवस्था मध्यम, बिनिता राई (११)को टाउकोमा चोट, अवस्था मध्यम, जेसन राई (१४) को बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, फिटिङ गाउँपालिका, सिन्धुली बस्ने सन्तबहादुर तामाङ (१९), को दाहिने खुट्टामा चोट, अवस्था मध्यम, साप्ला–सिलिचुङ–५, भोजपुर बस्ने पासाङ शेर्पा (३२) को टाउकोमा चोट, अवस्था मध्यम,खाँदबारी–७, संखुवासभा बस्ने रत्नबहादुर विक (५०) को शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल धनकुटामा उपचारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । त्यस्तै दिपेन्द्र बुढाथोकी (चालक, ४०) को विभिन्न भागमा चोट, अवस्था गम्भीर, जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको छ ।
दुर्घटनामा गाडीभित्र सवार यात्रुहरू घाइते भएपछि तत्काल उद्धार गरी विभिन्न सवारी साधनबाट जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको प्रहरीले जनाएको छ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्