images
images
images

विपक्षी दलहरुले सरकारले ल्यायको अध्यादेश अस्वीकार गर्ने

images

काठमाडौँ । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलहरुको बैठकले भोलीबाट सुरु हुने संसद अधिवेशनमा अध्यादेशको एकमत भएर विरोध गर्ने निणर्य गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको बताए। उनले बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय भएको बताए।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसावले पनि बेठिक छ, सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसदको अर्थ समितिमा छलफलमै छ। त्यहाँबाट छलफल गरेर पारित गर्दा झन छिटो हुन्थ्यो। सरकारले त्यसलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। विधि, प्रक्रियाको हिसावले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो। त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ,’ प्रमुख सचेतक पाण्डेले सञ्चारकर्मीसँग भने ।

images
images

यस्तै, पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जानेकुरा बेठिक भएको निष्कर्ष निकालेको उल्लेख गरे । भोलीबाट सुरु हुने सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्ने उनले बताए। सरकारको विरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी उनले दिएका छन् । बैठकमा प्रतिपक्षमा रहेका नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दलको सहभागीता रहेको उनको जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्