images
images
images

१०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा हुँदै, ३ सय कम्पनीको १५० बढी स्टल रहने

images

काठमाडौं । भृकुटीमण्डपमा १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। ८ फागुनदेखि ११ गतेसम्म चल्ने अन्तर्राष्ट्रिय मेलामा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहनेछन्।

चार दिन सम्म चल्ने प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, डिलर तथा सब डिलरहरु, विभिन्न कम्पनी र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु राखिने मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।

images
images

उनका अनुसार निर्माण क्षेत्रमा आएका नविनतम उच्च प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो। अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरु रहनेछन्।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गर्न लागेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु सँगै नयाँ प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले जानकारी दिए ।बिहीबारदेखि सुरु हुने प्रर्दशनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास आयोजको छ । ३ सय भन्दा बढी ब्राण्डका सामग्री प्रदर्शनीमा राखिने आयोजकले उल्लेख गरेको छ ।

भट्टराईले भने,‘ मेलाको तयारीको अन्तिम तयारीमा छौँ। मेलामा बिल्डिङ कन्स्ट्रक्शन सम्बन्धित सबै कुरा हुनेछन्। साथै कन्स्ट्रक्शनमा सबैकुरा हुनेछ। १० औं संस्करणमा हामीसँग १५० वटा कम्पनीको सहभागी रहेका छन्। ३ सय भन्दा बढी ब्राण्ड प्रदर्शनीमा हुनेछन्।’ प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने अपेक्षा आयोजकको छ।

images
images

प्रतिक्रिया दिनुहोस्