images
images
images

चियासँग कविता चौथो श्रृंखलामा सर्जकका सिर्जना

images

धनकुटा । धनकुटामा हुँदै आएको चियासँग कविता कार्यक्रमप्रति साहित्यप्रेमी र राजनीतिक दलको समेत चासो बढ्दै गएको छ  । चियासँग कविता कार्यक्रममा तेस्रो श्रृंखलासम्म सर्जकहरुको मात्रै उपस्थिती रहँदै आएकोमा चौथो श्रृंखलामा राजनीतिक दलहरुका नेतृत्वको समेत सहभागिता भएको छ ।

रेडियो धनकुटा एफएमको संयोजनमा भएको चियासँग कविता कार्यक्रमको चौथो श्रृंखलामा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुनकुमार राई, अभियान्ता जेपी भुजेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, रेडियो धनकुटा एफएमका अध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई लगायतले चियासँग कवितामार्फत धनकुटाको साहित्यलाई विश्वसामू पु¥याउनुपर्नेमा जोड दिए ।

images
images

नेपाल पत्रकार महासंघ धनकुटाको हलमा भएको चियासँग कविता कार्यक्रमको चौथो श्रृंखलामा डा. गोपाल बहादुर भट्टराई, रमेशचन्द्र अधिकारी, गोपाल बराइली, यज्ञकुमारी रुचाल, विदुर खवास, निर्मला कुँवर, भुषण श्रेष्ठ, खेम घिमिरे लगायतले आआफ्ना सिर्जना पस्किए भने कार्यक्रममा रेडियो धनकुटा एफएमका विनु कार्कीले स्वागत गरिन् ।

धनकुटामा रहेका साहित्यकर्मीहरुले फागुन २ गते शुक्रबारदेखि शुरु गरेको चियासँगै कविता कार्यक्रम प्रत्येक शुक्रबार दिँउसो ३ बजेदेखि नियमित हुँदै आएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्