
धनकुटा । तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप फुटवल प्रतियोगिता तथा मिनि मेला आगामी चैत्र २९ गतेदेखि सुरु हुने भएको छ ।
हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा आगामी चैत्र २९ देखि वैशाख १ गतेसम्म चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुर खेलमैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता संचालनको लागि तयारी तिव्र रुपमा भइरहेको आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले बताए । आयोजक सहित ८ टिमको सहभागिता रहनेछ । गतवर्ष सम्पन्न दोस्रो संस्करणको उपाधी आयोजकलाई हराउँदै धनकुटाको देउराली यूवा क्लवले जितेको थियो ।
प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्नका लागि डगलसिंह अक्षयकोष, चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, प्रायोजक सागै विभिन्न सहयोगी व्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका सदस्य रकेट राईले बताए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्