धनकुटा । सप्तरीको नमोवुद्ध युथ क्लवसँग पराजित हुँदै आयोजक धनकुटाको टोली सहिद भीमनारायण गोल्डकपको पहिलो खेलवाटै वाहिरिएको छ ।
आइतवार सम्पन्न उद्घाटन खेलमा नमोवुद्ध युथ क्लवसँग ३–१ गोलअन्तरले पराजित हुँदै आयोजक टीम पहिलो खेलवाटै वाहिरिएको
हो । आयोजक टिमलाई पराजित गर्दै नमोवुद्ध सेमिफाइनलमा प्रवेश गरेको छ । नमोवुद्धको जितमा निर्मल घिसिङ, मेक्सम दास र मोहित गुरुङले एक/एक गोल गरेका थिए । भने आयोजकको तर्फबाट दिपेन शाक्यले सान्त्वना गोल गरे ।
पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै निर्मल घिसिङले नमोवुद्धलाई अग्रता दिलाए । कर्नरवाट प्राप्त वललाई सदुप्रयोग गर्दै निर्मलले हेडमार्फत गोल गरेका थिए । त्यस्तै पहिलो हाफको ३३ औं मिनेटमा मिक्सन दासले गोल गर्दै आयोजक धनकुटा विरुद्ध नमोवुद्धको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर ४० औं मिनेटमा गोल गर्दै मोहित गुरुङले गोल गर्दै नमोवुद्धको अग्रता फराकिलो
बनाए । ५४ औं मिनेटमा आयोजक धनकुटाको तर्फबाट कप्तान दिपेन श्रेष्ठले गोल गर्दै अग्रता छोट्याएका थिए ।
पहिलो हाफ देखि नै नमोवुद्धले आयोजक टिम माथि दवाव बनाएको थियो । प्राप्त केही अवसरलाई सदप्रयोग गर्न नसक्दा गोलअन्तर फराकिलो बनाउन सकेन । आयोजक धनकुटाको गोलकिपर निकेश सुन्दास विपक्षी टिमका लागि वाधक वनेका थिए । उनले विपक्षी खेलाडीका केही राम्रो प्रहारलाई विफल बनाइदिएका थिए ।
आयोजक धनकुटाको अंग्रपंतिका खेलाडीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेन । जसको कारण आयोजक टोली पहिलो खेलवाटै पराजित हुँदै प्रतियोगितावाट वाहिरिन पुग्यो ।

गत चैत्र पहिलो हप्ता पाँचथरको फिदिममा सम्पन्न पाँचौ पाँचथर गोल्डकपको फाइनल खेलमा सहिद स्मारक एक डिभिजन क्लव मछिन्द्र एफसीलाई स्तब्ध पार्दै सप्तरीको नमो वुद्ध युथ क्लवले उपाधी जितेको थियो ।
आज सम्पन्न खेलको म्यान अफ द म्याच विजयी नमोवुद्धका मोहित गुरुङ घोषित भए । उनले नगद हजार ५ सय नगद र ट्रफी प्राप्त
गरे । कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगर प्रमुख ध्रुवराज राया, सहिदपुत्र मनोहरण नारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई र प्रायोजक मुना पोख्रेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । भोलीको दोस्रो क्वाटरफाइनल खेल इटहरीको ब्वाइज फुटवल क्लव र गाइघाट फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । भोली सोमवार इटहरीको ब्वाइज फुटवल क्लव र उदयपुरको गाईघाट फुटवल क्लव वीच प्रतिस्पर्धा हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।




हरि लम्जेल 













प्रतिक्रिया दिनुहोस्