images
images
images

चैत २७ देखि चौबिसेमा राष्ट्रपति रनिङ कप प्रतियोगिता हुँदै

images

शैलेन्द्र तामाङ

धनकुटा । आगामी चैत २७ गतेदेखि धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  २ दिनसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

images
images

‘राष्ट्रको लागि खेलकुद स्वास्थका लागि खेलकुद’ भन्ने मूल नाराका साथ राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको संयोजन गरिरहेको पुण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज कटुवालले प्रतियोगिता संचालनको तयारी अन्तिम चरणमा पुगेकाे जानकारी दिए ।

चौबिसे गाउँपालिकाको व्यवस्थापनमा हुने प्रतियोगितामा जिल्लाका सात स्थानीय तहका करिव ५ सय विद्यार्थीहरुले सहभागिता जनाउने चाैबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए । जसमध्ये ६० देखि ६५ जना चौबिसे गाउँपालिकाका बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताको समुद्घाटन पूर्वखानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईबाट हुनेछ ।

प्रतियोगिताले विद्यार्थीहरुमा भाइचाराको विकास हुने र चौविसे गाउँपालिकाको पर्यटनको प्रचार/प्रसारबाट पालिकाको आर्थिक क्षेत्रमा टेवा समेत पुग्ने चेम्जोङले जानकारी दिए । प्रतियोगितामा एथेलटिक्स तर्फ छात्रा/छात्रको एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार मिटर दौड र चार गुना एक सय, चार गुना चार सय मिटर तथा लङ जम्प, हाई जम्प, ट्रिपल जम्प, ज्याबलिङ्ग थ्रो,सटपुट खेल प्रतियोगिता हुनेछन् । त्यस्तै मार्सलआर्ट तर्फ छात्रा/छात्रको कराते, उसु,तेक्वान्दो र प्रतियोगिताको मुख्य आकर्षणको रुपमा भलिवल र कबड्डी खेल रहने पालिकाले जानकारी दिएको छ ।

प्रतियोगितामा सबैभन्दा बढी अंक ल्याउने खेलाडी छात्रा/छात्रहरुले कोशी प्रदेशमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी हुनेछन् । गतवर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महालक्ष्मी नगरपालिकाको दमार बेंसीमा सम्पन्न भएको थियो ।

(प्रशिक्षार्थी पत्रकार)

images
images

प्रतिक्रिया दिनुहोस्