images
images
images

नयाँ वर्षको अवसरमा कोप्चे उत्सव हुँदै

images

धनकुटा । नयाँ वर्ष २०८२ सालको अवसरमा आगामी चैत्र ३१ गतेवाट तेस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसरमा उत्सव गर्न लागिएको हो ।

आयोजक कोप्चे पुनर्जागरण अभियानले पत्रकार सम्मेलन गरी चैत ३१ देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवद्र्धनका लागि उत्सव गर्न लागिएको आयोजक संस्थाका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिए ।

images
images

उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बन्ने प्रतियोगिता घुम्ने कुर्सी आदि मनोरञ्जनात्मक खेलहरू खेलाइने जनाइएको छ ।

त्यस्तै फोटो पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटाका पुराना तस्विरहरुको  प्रदर्शनी गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । तिन दशक अघिसम्म धनकुटा मुख्य बजारको रूपमा रहेको कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि पुरानै चहलपहल फर्काउन भन्दै पुनर्जागरण अभियानले नयाँ वर्षको अवसरमा कोप्चे उत्सव गर्दै आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्