images
images
images

धनकुटामा वस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

images

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ गोठगाउँस्थित कोशी राजमार्गमा वस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । धरानवाट भोजपुर तर्फ जाँदै गरेको को १ ख २१७७ नम्वरको यात्रुवाहक वस विहान करिव १० बजे अनियन्त्रित भई वाटोबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं. ६ की ७३ वर्षीय कृष्णकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै वसमा सवार भोजपुर षडानन्द ना.पा –१३ वस्ने वर्ष २० को सूर्यमाणी तामाङ्ग, सोही ठाउँका वर्ष ११ को अनमोल तामाङ, बराहा नपा –२ वस्ने वर्ष ४८का कृष्ण राउत, धरान उ.पमा –१३ वस्ने वर्ष ५१ को रुद्र तामाङ्ग (चालक) घाइते भएका छन् ।

images
images

त्यस्तै भोजपुर च्याङरे गा.पा. ३ वस्ने वर्ष – ८० को गंगा प्रसाद सापकोटा, ६. भोजपुर नपा ११ वर्ष २४ सविना बराइली, सोही ठाउँकी वर्ष ६० देवी वि.क, धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हङसबहादुर राई, भोजपुर सडानन्द नापा ११ वस्ने वर्ष २५ को पूर्ण माया तामाङ, इटहरी उपामा ४ वस्ने वर्ष १७ को आयुष राई, सोही ठाउँका वर्ष ४५ को राजकुमार राई, धनपा ०६ वर्ष ३४ धन कुमारी वि.क, भोजपुर नपा १३ वस्ने लिला ब श्रेष्ठ, साँगुरीगढी गापा ०६ वस्ने ६० कि विर्ग माया राई घाइते भएका छन् । घाइते मध्ये केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । भने गम्भिर अवस्थाका घाइतेहरुलाई थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

images
images
अपडेट

प्रतिक्रिया दिनुहोस्