images
images
images

धनकुटामा वस दुर्घटना: थप दुई जनाको मृत्यु

images

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ गोठगाउँस्थित कोशी राजमार्ग भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेकाे छ । उपचारको क्रममा थप दुई जनाको मृत्यु  भएको छ । गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका वडा नं. ११ का लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको छ ।

बस चालक ५१ वर्षीय रुद्र तामाङको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजो राती ८ बजेर ३४ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । त्यस्तै धनकुटा नगरपालिका वडा नं. ६ की ७३ वर्षीय कृष्णकुमारी राई भूजेलको उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।

images
images

धरानवाट भोजपुर तर्फ जाँदै गरेको को १ ख २१७७ नम्वरको यात्रुवाहक वस हिजो विहान करिव १० बजे अनियन्त्रित भई वाटोबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।घाइते मध्ये केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भएको छ । भने गम्भिर अवस्थाका घाइतेहरुलाई थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

images
images
अपडेट

प्रतिक्रिया दिनुहोस्