धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं ७ धरधरेस्थित जितपुर–लेगुवा सडकखण्डमा निर्माणाधीन बाटोको छेउमा थुपारिएको ग्राभेल सम्याउने क्रममा एक युवकको शव फेला परेको छ।
शुक्रबार दिउँसो करिब १:४५ बजे ग्राभेलमा मान्छेको खुट्टा देखिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । शव निकालेर हेर्दा मृतक धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका २५ वर्षीय दिपेश कट्वाल रहेको खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
परिवारका अनुसार कट्वाल मिति २०८२ असार ३० गते शुक्रबार बिहान घरबाट हिँडेका थिए। शव फेला परेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्