धनकुटा l धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न भएको नगरको दोस्रो आवधिक योजना मसौदा प्रस्तुतिकरण कार्यक्रममा सहभागीहरूले धनकुटा नगरलाई समृद्ध बनाउने प्रमुख आधारका रूपमा स्थानीय उत्पादन, पर्यटन, खेलकुद र पूर्वाधारको विकासलाई औंल्याएका छन् ।
कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीले दीर्घकालीन सोचका साथ नगरको नयाँ ढंगले विकास आवश्यक रहेको उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले सबैको सहकार्य र सहभागितामार्फत नगरलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले समृद्ध नगर निर्माणका लागि स्थानीय स्रोत र सम्भावनाको समुचित उपयोग आवश्यक रहेको धारणा राखे ।
धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरका प्रशासन तथा योजना अनुगमन महाशाखा प्रमुख सिताराम गौतमले र नगरको दोस्रो आवधिक योजना मस्याैदा पूर्वप्रशासक तथा विज्ञ गणेश तिम्सिनाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपप्रमुख भिमादेवी खनाल, समन्वय समितिकी उपप्रमुख सावित्रा राई, नेकपा एमालेका नरेन्द्र पोखरेल, माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठ, राप्रपाका टीका प्रसाद घिमिरे, नगर प्रमुख प्रशासकीय अधिकृत दसरथ राई, आर्थिक विकास अधिकृत विकास अधिकारी, लेखा प्रमुख नरबहादुर भूजेल, वातावरण शाखा प्रमुख उपेन्द्र पोखरेल लगायतले योजना विषयमा सुझावहरू राखेका थिए।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्