images
images
images

राष्ट्रिय वृक्षारोपण दिवस धनकुटामा पनि मनाइयो

images

धनकुटा । अवको अभियान: हरियाली बढाऔं, हिमाल बचाऔं भन्ने नारासहित धनकुटामा पनि राष्ट्रिय वृक्षारोपण दिवस मनाइएकाे छ ।सहिदभूमि गाउँपालिका वडा नं २ र ३ को सीमा क्षेत्रमा अवस्थित श्री पातल पंचपोखरी सामुदायिक वनमा वृक्षारोपण गरेर दिवस मनाइएको हो ।

डिभिजन वन कार्यालयको आयोजना तथा सहिदभूमि गाउँपालिकाको व्यवस्थापनमा संचालन भएको कार्यक्रममा कल्की, धुपी, पिपल जस्ता विविध जातका ३ सय संख्यामा बिरुवाहरू रोपेर वातावरणीय सन्तुलन कायम राख्न जनचेतना जगाउने प्रयास गरिएको थियो ।

images
images

कार्यक्रममा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सामुदायिक वन उपभोक्ता महासंघ धनकुटा अध्यक्ष निलबहादुर थापा लगायतले वन तथा वातावरण संरक्षणको महत्त्वका विषयमा जानकारीमूलक अभिव्यक्ति दिएका थिए ।

वन उपभोक्ता समूहका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयवासी, वन कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्