images
images
images

वडा सदस्यको निधनमा साँगुरीगढी गाउँपालिकामा बिहिवार शोक विदा

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ८ सिंकुला टोल निवासी तथा सोही वडाका निर्वाचित वडा सदस्य पंचवहादुर विश्वकर्माको निधनमा साँगुरीगढी गाउँपालिकाले बिहिवार शोक विदा दिने निर्णय गरेकाे छ ।

गाउँपालिकाले आज शोक विज्ञप्ति जारी गर्दै विश्वकर्माप्रति श्रद्धाञ्जलि प्रकट गर्दै साँगुरीगढी गाउँपालिकाको कार्यपालिकाले असार २६ गते बिहिवार पालिकाअन्तर्गतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा विद्यालयहरूमा एक दिने स्थानीय शोक विदा दिने निर्णय गरेको हो ।

images
images

स्व. विश्वकर्मा लामो समयदेखि स्थानीय तहको विकासमा सक्रिय, जिम्मेवार र सेवाभावी जनप्रतिनिधिका रूपमा परिचित रहँदै आएका थिए । विश्वकर्माको निधनप्रति गाउँपालिका परिवार, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्