धनकुटा । धनकुटा नगरपालिका–१०, उत्तरपानीस्थित बौद्धिक अपाङ्गता स्रोत कक्षा तथा आधारभूत विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्वअध्यक्ष तथा सल्लाहकार राजेश्वरबहादुर श्रेष्ठले आफ्ना दिवङ्गत आमाबुबाको स्मृतिमा टी-शर्ट र ट्राउजर वितरण गरेका हुन् । प्राप्त पोसाकमध्ये केही बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई, भने केही सामान्य कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।
पोशाक वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदी, वडा नं. १० का अध्यक्ष नगेन्द्र पाण्डे, तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको पनि उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले यस्ता सहयोगी कार्यहरूले अपाङ्गता भएका बालबालिकाहरूको आत्मबल अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्