images
images
images

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट प्रतिकार्य योजना पारित

images

धनकुटा । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन अवस्था व्यवस्थापनका विभिन्न पक्षमा छलफल गर्दै पाँचवटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले जिल्लाको समग्र बिपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले बिपद् प्रतिकार्य योजना २०८२ पारित गरेको छ। सरोकारवाला निकायहरूबाट प्राप्त सुझाव र पुष्ठपोषण समावेश गरेर तयार पारिएको उक्त योजनालाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको हो ।

images
images

त्यस्तै स्थानीय ग्रामीण सडकहरूको भारवाहन क्षमतालाई मध्यनजर गर्दै निश्चित भारका सवारी मात्र सञ्चालन गर्न दिने र स्थानीय तहको समन्वयमा जिल्ला वन कार्यालयबाट वन पैदावार ढुवानीका लागि चलानी पूर्जी दिने, सडक किनारामा अव्यवस्थित रूपमा राखिएका निर्माणजन्य तथा अन्य सामग्रीले सवारीमा जोखिम बढाएकाले ती सामग्रीहरू हटाउन उचित व्यवस्था गर्ने, कोशी राजमार्गको छेउ किनारमा रहेका जोखिमयुक्त रुखहरू धनकुटा नगरपालिका, जिल्ला वन कार्यालय, सडक डिभिजन कार्यालय, दूरसञ्चार कार्यालय तथा विद्युत् प्राधिकरणको समन्वयमा हटाउने र सडक आवागमन सुरक्षित र सहज बनाउने निर्णय गरिएको छ ।

यसैगरी गत जेठ १८ गतेको वर्षाका कारण अवरुद्ध भएको घन्टे छेउको सडक खण्ड तत्काल सुधार गरी सुचारु गर्न सडक डिभिजन कार्यालयलाई दिएको आदेश तथा निर्देशन अनुमोदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा जिल्लाभरिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रमुख वा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको   थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्