images
images
images

साँगुरीगढीका भूमिहिन सुकुम्वासीलाई पुर्जा वितरण, पाँच जनाले पाए जग्गा (भिडियोसहित)

images

धनकुटा । साँगुरीगढीका ५ जना भूमिहिन सुकुम्वासीलाई पुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटा र साँगुरीगढी गाउँपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि पाँच जना भूमिहिन सुकुम्वासी परिवारलाई पुर्जा वितरण गरेको हो ।

पूर्वमन्त्री तथा धनकुटाका सांसद राजेन्द्र राई, प्रदेश सभा सदस्य निरनकुमार राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, भूमि समस्या समाधान जिल्ला समिति धनकुटाका अध्यक्ष देवमान राई लगायतले संयुक्त रुपमा जग्गाको पुर्जा वितरण गरेका थिए ।

images
images

पुर्जा पाउनेमा साँगुरीगढी गाउँपालिका वडा नं. ३ कुसेटारका सुनेत्र माझी, आइतमाया माझी, वडा नं. ९ का दुर्गावहादुर राई र ७ नं. वडाका विष्णुकुमार राई रहेको भूमि समस्या समाधान आयोग धनकुटाका सदस्य विजयसन्तोषी राईले बताए । उनीहरु वर्षौदेखि जग्गा उपभोग गरेर वसेपनि पुर्जा नहुँदा भूमिहिन थिए । पुर्जा प्राप्त गर्दा उनीहरु खुसी देखिन्थे ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्