images
images
images

गुणस्तरपूर्वक समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित

images

धनकुटा । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले तोकिएको समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायीहरूलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न योजनामध्ये तोकिएको मापदण्डअनुसार उत्कृष्ट निर्माण कार्य गरेका व्यवसायीहरूलाई सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले आज एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

कार्यक्रममा संघीय सांसद तथा पूर्वमन्त्री राजेन्द्र राई र आयोजनाका प्रमुख सुमन मिश्रले निर्माण कम्पनीका संचालक तथा प्रतिनिधिहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । समयमै र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्ने व्यवसायीहरूको हौसला बढाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कार्यालय प्रमुख सुमन मिश्रले बताए ।

images
images

कार्य सम्पादन मुल्याङ्कनको आधारमा सम्मानित हुनेमा सघन शहरी विकास कार्यक्रम अन्र्तगत महालक्ष्मी नगरपालिका एकीकृत शहरी पूर्वाधार विकास कार्यको उच्च वित्तिय प्रगति गर्ने बिरुवा÷सारासृष्टि जे.भी, धनकुटाका आधिकारिक प्रतिनिधि दिनेश राई, संखुवासभा जिल्ला अस्पताल भवन निर्माण सम्पन्न गर्ने बिकोई÷स्वामिनारायण÷आर्शिवाद जे.भी, सुनसरीका आधिकारिक प्रतिनिधि सन्तोष बस्नेत, फेदाप गाउँपालिका पोकलावाङमा मांगेना लुङधुङ साँस्कृतिक संग्राहालय भवन निर्माण सम्पन्न गर्ने मारुती÷ए.ए.एन.एस. जे.भी, काठमाडौंका आधिकारिक प्रतिनिधि अभिनव अग्रवाल रहेका छन् ।

त्यस्तै भोजपुर जिल्लामा सञ्चालित विभिन्न ४ वटा योजनाहरु निर्माण सम्पन्न गर्ने अन्नपूर्ण अरुण कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. संखुवासभाका प्रोपाइटर अर्जुन थापा, एकल तथा जे.भी. मार्फत् संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा संचालित विभिन्न ३ वटा योजनाहरुमध्ये १ वटा योजनाको निर्माण सम्पन्न र बाँकी २ वटा योजनाको सम्मानयोग्य प्रगति गर्ने अरुण वरुण निर्माण सेजा कम्पनी प्रा.लि. संखुवासभाका प्रोपाइटर मिगुर शेर्पा, धनकुटा सहित भोजपुर र तेह्रथुम जिल्लामा संचालित विभिन्न ४ वटा योजनाहरु एकल तथा जे.भी मार्फत् निर्माण कार्य समयमै सम्पन्न गर्ने इष्ट बि.एन कन्स्ट्रक्सन कम्पनीका प्रोपाइटर बलवहादुर राई पनि सम्मानित भएका थिए ।

यसैगरी धनकुटाको छथरजोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका र भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ३ मा इमर्जेन्सी सेन्टर निर्माण गर्ने श्याम कन्स्ट्रक्सन धनकुटाका प्रोपाइटर गणेश गुरुङ र संखुवासभा जिल्लामा संचालित २ वटा योजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने बि.के.एस.के कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि, काठमाडौंका आधिकारिक प्रतिनिधि कृष्णप्रसाद बन्जरालाई पनि सम्मान गरिएको थियो ।

यसैगरी आयोजनाले कार्य सम्पादन मूल्याङ्कनको आधारमा ईन्जिनियर प्रमानन्द मेहता, बिवेक देव, भक्तिनारायण चौधरी, सव–ईन्जिनियर रविन श्रेष्ठ, जुनप्रसाद रोकाया, कम्प्यूटर अपरेटर दिवाकर देउजालाई सम्मान गरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले चालु आर्थिक वर्षमा ९९ वटा योजनाहरु कार्यान्वयन गरिएको बताए । आयोजनाको धनकुटा सहित भोजपुर, संखुवासभा र तेह्रथुम कार्यक्षेत्र रहेको छ । कार्यालयको भौतिक तर्फ ९६ प्रतिशत र वित्तिय तर्फ ७८.७९ प्रतिशत प्रगति गरेको छ ।  कार्यालय मार्फत् गत आर्थिक वर्षमा विनियोजित १ अर्ब ७७ करोड ४० लाख ८७ हजार मध्ये १ अर्ब ३९ करोड ७७ लाख ६३ हजार रुपैया खर्च भएको छ ।

सो कार्यालयले गतवर्ष पनि उत्कृष्ट कार्यसम्पादन गर्ने निर्माण व्यवसायी र कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्