images
images
images

फरार प्रतिवादी पक्राउ

images

धनकुटा l हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत धनकुटाबाट कैद र जरिवानाको सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

चौविसे गाउँपालिका–५, बोधे निवासी ५० वर्षीय प्रेमबहादुर जोगीलाई इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी चौकी मौनाबुधुकबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको हो । उनीमाथि धनकुटा जिल्ला अदालतले २०८१ साल माघ २९ गतेको फैसलामार्फत तीन महिना उन्नाइस दिन कैद र सात हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

images
images

फैसला भएपछिको समयदेखि उनी फरार थिए । पक्राउ परेका जोगीलाई शुक्रबार (साउन ४) धनकुटा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्