images
images
images

बहुविवाहलाई कानुनी मान्यता नदिन माग गर्दै धनकुटामा महिला अधिकारकर्मीको आपत्ति

images

धनकुटा ।  सरकारद्वारा मुलुकी संहिताको धारा एकसय पचहत्तर संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदाप्रति महिला अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् । महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज धनकुटामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रस्तावित मस्यौदाप्रति आपत्ति जनाएका हुन् ।

सञ्जालकी अध्यक्ष सुमना तिम्सिनाले बहुविवाहजस्तो लैंगिक हिंसालाई कानुनी मान्यता दिन खोज्नु सामाजिक र कानुनी दृष्टिकोणबाट अस्वीकार्य रहेको बताइन् । उनले यस्तो प्रस्तावले सामाजिक न्याय र लैंगिक समानताको सिद्धान्तमा प्रत्यक्ष आघात पुर्‍याउने भएकाले मस्यौदालाई तत्काल खारेज गर्नुपर्ने माग सञ्जालले राखेको बताइन् ।

images
images

सञ्जालले यसविरुद्ध थप दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ । संजालले आजै निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्