images
images
images

साँगुरीगढीमा तेस्रो वडाध्यक्ष ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ विमल-रोनित र महिलातर्फ रमा-अरुणाको जोडीले जिते  

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा सम्पन्न तेस्रो वडाध्यक्ष ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुषतर्फ विमल श्रेष्ठ र रोनित कटेलको जोडीले तथा महिलातर्फ रमा सुवेदी र अरुणा तामाङको जोडीले जितेका छन् ।

पुरुषतर्फ प्रतियोगिता ए र बी लेभल गरी दुई वर्गमा सञ्चालन गरिएको थियो । ए लेभलको फाइनलमा विमल–रोनितले उज्वल कर्माचार्य र नारायण विकलाई १७–२१, २१–१२ र २१–१५ को सेटमा हराउँदै उपाधि जिते । विजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उपविजेता उज्वल–नारायणले १० हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाए ।

images
images

त्यस्तै बी लेभलमा निमा र सितारामको जोडीले अनिल र अभिषेकलाई २१–१५, २१–९ र १५–२१ को सेटमा हराउँदै उपाधि हात पारे । उनीहरूले ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे भने उपविजेता बनेका अनिल–अभिषेकले ७ हजार रुपैयाँसहित ट्रफी पाए ।

महिला तर्फको प्रदेशस्तरीय खुला प्रतियोगितामा रमा सुवेदी र अरुणा तामाङको जोडीले गिता राई र शुभलक्ष्मी श्रेष्ठलाई २१–१६ र २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए । विजेता जोडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे भने उपविजेता गिता–शुभलक्ष्मीले ७ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाए ।

विजेता तथा उपविजेतालाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्री, अनुसन्धान प्रमुख रामेश्वर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष यमप्रकाश मगर, जिल्ला ब्याडमिन्टन संघ अध्यक्ष शिखर श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति प्रमुख नविन प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता साँगुरीगढी गाउँपालिका–६ वडा कार्यालयको आर्थिक सहयोगमा भेडेटार ब्याडमिन्टन क्लबले आयोजना गरेको हो । समापन कार्यक्रममा अध्यक्षता क्लबका अध्यक्ष सन्तोष लिम्बूले गरेका थिए भने सञ्चालन दिपेन लिम्बूले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्

images

Author

images

images
images

प्रतिक्रिया दिनुहोस्

images