images
images
images

जेन जी आन्दोलनका सहिदको सम्मानमा धनकुटा कांग्रेसद्वारा दिप प्रज्वलन

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका योद्धाहरुको सम्मानमा शनिवार साँझ धनकुटाको चुवाको वोटस्थित ग्रिन पार्कमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

नेपाल र नेपाली जनताको हितका लागि आन्दोलनमा जीवन अर्पण गर्ने सहिदप्रति सम्मान गर्दै नेपाली कांग्रेस धनकुटाले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै आन्दोलनमा घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना पनि व्यक्त गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

images
images

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति दिनेश राईले जेन जी आन्दोलनले देशको प्रत्येक तह र संरचनामा पुस्तान्तरण र रूपान्तरणको ढोका खोलेको उल्लेख गरे । उनले लोकतन्त्र र सुशासनका लागि आन्दोलनले ऐतिहासिक भूमिका निर्वाह गरिरहेको
बताए । त्यस्तै, जिल्ला सचिव राईले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न यो आन्दोलन सफल हुने विश्वास व्यक्त गर्दै जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा, प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला उपसभापति सुनिल कुमार डंगोल, सचिव विजय सन्तोषी राई, सह–सचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सिता प्रधान, सुमना तिम्सिना, गंगाराम ढुंगाना, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बिगेन्द्र याक्खा, तरुण दलका केन्द्रीय सदस्य तिलक बहादुर महत, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु लगायतले सहिदप्रति सम्मान प्रकट गर्दै दिप प्रज्वलन गरेका थिए ।

त्यस्तै, कांग्रेस धनकुटाका जिल्ला सदस्य अम्बिका धमला, मिनबहादुर कार्की, निरुपा राई, पुरेन्द्रलाल श्रेष्ठ, झडेन्द्र खतिवडा, क्षेत्रीय सभापति राजन पौडेल, उपसभापति मिलन खड्गी, नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य टिकादेवी भण्डारी रिजाल, जिल्ला सचिव संगिता चापागाई, निर्वाचित वडा सदस्यहरु दुर्गा शिवा, गोविन्द्र राई, केदार श्रेष्ठ, भैरवलाल पाँचकोटी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरेसहित विभिन्न तहका जनप्रतिनिधि, पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

जेन जी आन्दोलनको क्रममा हालसम्म धनकुटा जिल्लाका एकसहित देशभर ७३ जनाले ज्यान गुमाइसकेका छन् भने करिब ३ सय जना घाइते भएको बताइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्