images
images
images

बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाबीच प्रतिस्पर्धा, को को छन् ? (सूचीसहित)

images

काठमाडाैँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षको दाबेदार बन्नका लागि १२ जनाले आवेदन दिएका छन् । बिमा प्राधिकरणमा रिक्त अध्यक्षका लागि १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ । अध्यक्षको दाबेदारमा कमल प्रसाद रेग्मी, डा देवराज रोका,शरद ओझा,चिरन्जिवी चापागाइ,विष्णु वावु मिस्र,वुद्ध काजी श्रेष्ठ,दामोदर वसैला,डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे,रमण नेपाल ,विनोद काजी श्रेष्ठ रहेका छन् ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त रहदै आएको छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।

images
images

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।

 यी हुन् अर्थ मन्त्रालयले जारी गरेकाे आवेदन दिएकाहरूकाे सूची

 

images
images
काे बन्ला अध्यक्ष ?

प्रतिक्रिया दिनुहोस्