images
images
images

अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय 

images

काठमाडौँ : सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको वैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । “राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, उक्त अध्यादेश कार्यान्वयन गर्न नियमावली निर्माणको निर्णय बैठकले गरेको छ।”
आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको प्रस्ट्याएका छन् ।

images
images

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमवार साँझ सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व , निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धिसम्बन्धी विद्यमान ऐनहरूलाई संशोधन गर्ने चारवटा अध्यादेश जारी गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्