धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारस्थित तारेभीर सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रण नआउँदा डाँडाबजार वस्तिसम्म आइपुग्ने जोखिम वढेको छ ।
आज दिउँसो १ बजेदेखि तारेभीर सामुदायिक वनमा डढेलो लाग्न सुरु स्थानीय मिलन थेगिमले बताए । उनका अनुसार हावाहुरी चलिरहेको कारण डाँडाबजार वस्ती नजिक आइपुगेको छ । डढेलो लागेको स्थान डाँडाबजार खेलमैदान भन्दा तल्लो क्षेत्रमा हो । वस्ती तर्फ आउने जोखिम बढेको उनले बताए ।
साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव स्थित सातपत्रेबाट डढेलो सुरु भएको स्थानीयको भनाई छ । तीव्र हावाको वेगसँगै डढेलो फैलिएपछि डाँडाबजारका स्थानीय यूवाहरुले खेलमैदान भन्दा तल्लो क्षेत्रमा रहेको खोल्सीमा अग्नी रेखा बनाएका थिए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्