images
images
images

साँगुरीगढी चाैथो डाँडाबजार गोल्डकप वैशाख १७ देखि

डाँडाबजार फुटबल क्लबको आयोजनामा आगामी नयाँ वर्ष २०८२ सालको वैशाख १७ देखि २० गतेसम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको हो ।

images

धनकुटा । साँगुरीगढी चाैथो डाँडाबजार गोल्डकप आगामी वैशाख १७ गतेदेखि हुने भएको छ । आयोजक डाँडाबजार फुटबल क्लबले पत्रकार सम्मेलन गरि आगामी वैशाख १७ देखि २० गतेसम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो ।

साँगुरीगढी गाउँपालिका वडा नं ५ स्थित डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ ।

images
images

हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लब, चौविसेको रारा फुटबल क्लब, गाईघाट फुटबल क्लब उदयपुर सहित धनकुटा, मोरङ र सुनसरीका गरी ८ टिमको सहभागिता रहने अध्यक्ष राजकुमार लिम्बूले बताए ।

प्रतियोगितामा २२ लाख ७३ हजार ६ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संचालनको लागिसाँगुरीगढी गाउँपालिकाले ७ लाख, वडा नं. ५ कार्यालयले ३ लाख, जंगबहादुर थापा स्मृति प्रतिष्ठानले ३ लाख, डाँडाबजार ब्रदरहुडले १ लाख रुपैयाँ सहयोग गरेका छन् । गतसंस्करणको विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका थिए । गतसंस्करणमा धरान फुटबल क्लब विजेता र तालतलैया फुटबल क्लब सुनसरी उपविजेता भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले खेलकुद क्षेत्रमा गाउँपालिकाले हरेक वर्ष १ करोड बढी खेलमा लगानी गरि रहेको जानकारी दिए । उनले खेलकुदमा गरेको लगानी चाँडो प्रतिफल नदेखिने भएकाले समस्या भएको बताउँदै यस प्रतियोगितालाई आगामी वर्ष देखि रनिङ शिल्ड बनाउने तयारी भइरहेको बताए ।

क्लवका अध्यक्ष राजकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मिलन थेगिम र स्वागत मन्तव्य सरोज लिम्बूले राखेका थिए ।

त्यसैगरी सोही अवसरमा प्रतियोगितामा डाँडाबजारका स्थानीय सरोज लिम्बुले २२ हजार रुपैयाँ बराबरको जर्सी सौजन्य गरेका छन् । लिम्बुले उक्त जर्सी पत्रकार सम्मेलनमा हस्तान्तरण गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्