धनकुटा । आगामी चैत्र १७ गते देखि सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको १७ औ संस्करण आगामी चैत्र १७ देखि २३ गतेसम्म धनकुटाको तल्लो टुडिखेलमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
प्रतियोगितामा विभिन्न स्थानका ८ क्लवले सहभागिता जनाउने छ । विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए ।
हरेक खेलमा म्यान अफ दी म्याच र विधागत उत्कृष्ट पुरस्कार समेत रहेको छ । प्रतियोगिता सञ्चालनका लागि ३६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रुपमा संचालन गर्नका लागि १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमिति संयोजक विदुर खवासले जानकारी दिए ।
आयोजक टिम सहित नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, चित्लाङ फुटबल क्लब काठमाण्डौ,विर्तामोड युनाइटेड क्लव झापा,ब्वाईज फुुटवल क्लब इटहरी सुनसरी,गाईघाट फुटवल क्लब उदयपुर,एपीएफ काठमाण्डौ र वेलवारी फुटबल क्लब मोरङ गरि आठ टिमको सहभागिता रहने छ ।
२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्