images
images
images

सहिद भीमनारायण गोल्डकपको सम्पूर्ण तयारी पूरा

उद्घाटन खेल आयोजक र नमोवुद्ध सप्तरी वीच हुँदै

images

धनकुटा । सहिद भीमनारायण गोल्डकपको तयारी पूरा भएको छ । भोली चैत्र १७ गतेदेखि प्रतियोगिताको १७ औं संस्करण सुरु हुँदैछ ।
प्रतियोगितामा आयोजक टिम सहित नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, चित्लाङ फुटबल क्लब काठमाण्डौ,विर्तामोड युनाइटेड क्लव झापा,ब्वाईज फुुटवल क्लब इटहरी सुनसरी, गाईघाट फुटवल क्लब उदयपुर, एपीएफ काठमाडौं र वेलवारी फुटबल क्लब मोरङ गरि आठ टिमको सहभागिता रहने छ ।

प्रतियोगिता धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा संचालन हुनेछ । मैदान सम्याउन काम सम्पन्न गरिएको छ । उद्घाटन खेलमा आयोजक र नमोवुद्ध युथ फुटवल क्लव सप्तरी वीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक सहित ८ क्लवले सहभागिता जनाएका छन् । विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । हरेक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कारको व्यवस्था गरिएको छ ।

images
images

प्रतियोगिता सञ्चालनका लागि ३६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रुपमा संचालन गर्नका लागि १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमिति संयोजक विदुर खवासले जानकारी दिए ।

२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्