धनकुटा । काठमाडौंको चित्लाङ्ग फुटवल क्लव माथि सहज जित निकाल्दै साविक विजेता झापाको विर्तामोड युनाइटेड क्लव धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तल्लो टुँडिखेलमा मंगलवार सम्पन्न खेलमा चित्लाङ्ग फुटवल क्लवमाथि ३–१ को जित निकाल्दै विर्तामोड युनाइटेड क्लव सेमिफाइलमा प्रवेश गरेको हो । झापाको जितमा पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा अभिषेक गुरुङ, ५८ औं मिनेटमा विशाल भण्डारी र ६३ औं मिनेटमा गिल्सन कन्दङ्वाले एक/एक गोल गरेका थिए । झापाका सुवास पयाङ्गु लिम्बूले आत्माघाती गोल गरेका थिए । आज सम्पन्न खेलको म्यान अफ द म्याच झापाका कप्तान गिल्सन कन्दङ्वा घोषित हुँदै नगद ५ हजार ५ रुपैया र ट्रफी प्राप्त गरे । उनलाई समाजसेवी द्रोर्ण गुरागाईले पुरस्कार वितरण गरेका थिए l

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनमा भइरहेको प्रतियोगितामा वुधवार विभागीय टोली एपिएफ र मोरङको वेलवारी फुटवल क्लव वीच प्रतिस्पर्धा हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।




हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्