धनकुटा । साविक विजेता झापाको विर्तामोड युनाइटेड क्लवलाई पराजित गर्दै सप्तरीको नमोवुद्ध युथ क्लव धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा विहिवार सम्पन्न सेमिफाइनल खेलमा विर्तामोड युनाइटेड क्लवलाई ३-१ गोलअन्तरले पराजित गर्दै नमोवुद्ध युथ क्लव उपाधि नजिक पुगेको हो ।
नमोवुद्धको जितमा कप्तान श्रीजनराज गाैतमले दुई तथा मोहित गुरुङले एक गोल गरेका थिए । भने झापाको लागि एक मात्र गोल कप्तान गिल्सन कन्दङ्वाले गरेका थिए ।
पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल भएको थियो । झापाका खेलाडिले गोलका लागि केहि प्रयास गरेपनि गोल गर्न भने सकेनन् । गतसंस्करणको उपाधि जितेको झापा यो संस्करणमा भने सेमिफाइनलवाटै वाहिरियो ।

आज सम्पन्न खेलको म्यान अफ द म्यान नमोवुद्धका कप्तान समेत रहेका श्रीराज गाैतम घोषित भए l उनले नगद ५ हजार ५ रुपैया प्राप्त गरे । उनलाई पाख्रिवास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ्ले पुरस्कार वितरण गरेका थिए ।उपाधीका लागि नमोवुद्धले भोलि शुक्रवार हुने शसस्त्र प्रहरी वलको एपिएफ क्लवले कोशी प्रदेश लिग विजेता उदयपुरको गाईघाट फुटवल क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
गत चैत्र पहिलो हप्ता पाँचथरको फिदिममा सम्पन्न पाँचौ पाँचथर गोल्डकपको फाइनल खेलमा सहिद स्मारक एक डिभिजन क्लव मछिन्द्र एफसीलाई स्तब्ध पार्दै सप्तरीको नमो वुद्ध युथ क्लवले उपाधी जितेको थियो ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्