धनकुटा । छैठौं फाक्सिव गोल्डकप आमन्त्रित पुरुष फुटवल प्रतियोगिता आज देखि सुरु हुँदैछ । फाक्सिव फुटवल क्लवको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नं. ४ स्थित फाक्सिव खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागिता रहने छ ।
आयोजकले केही दिन अघि मात्रै खेल तालिका सार्वजनिक गरेको थियो । आज उद्घाटनको दिन दुई खेल संचालन हुनेछ । पहिलो खेल रारा फुटवल क्लव र पिङवुङ फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल डाँडाबजार फुटवल क्लव वीच र पाथिभरा फुटवल क्लव वीच प्रतिस्पर्धा हुने छ । लागु पदार्थ दुव्यर्शनी विरुद्ध हाम्रो अभियान, स्वस्थ, सभ्य समाज हाम्रो पहिचान भन्ने मूल नाराका साथ हुन गइरहेको प्रतियोगिता संचालनको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्लाले बताए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
आगामी २०८२ वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको मिडिया पार्टनरमो रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको छ । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गर्नेछ ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्