images
images
images

नेविसंघको स्थापना दिवसमा सरसफाई र दिप प्रज्वलन सहित शुभकामना आदानप्रदान

images

धनकुटा । ५६ औं स्थापना दिवसको अवसरमा नेपाली विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले धनकुटा वुहुमुखी क्याम्पसको विपी स्मृति उद्यानको मर्मत सम्भार सरसफाईसँगै दिपावली र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले कार्यक्रमको शुभारम्भ गर्दै नेविसंघ परिवर्तन र निर्माणका संवाहक भएको  बताए । नेपाल कांगेस धनकुटा जिल्ला सचिव तथा नेविसंघ धवक्याका पूर्वसभापति विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्वसभापति खेमराज पौडेल, नेविसंघ धवक्या इकाई समितिका अध्यक्ष तथा स्ववियू उपसभापति सुवास खनाल, त्रिविवि कर्मचारी संघ धवक्याका सदस्य श्याम श्रेष्ठ, नेविसंघ धनकुटा जिल्लाका सदस्य तथा जितपुर क्याम्पसका स्ववियू सभापति निरुस्ता खड्का, धनकुटा वहुमुखी क्याम्पसका स्ववियू सचिव मिलन बुढाथोकी, कोषाध्यक्ष रञ्जन कार्की, सदस्यहरू सुनिता पौडेल, शौरभ रिमाल लगायतका विद्यार्थी नेताहरूले दीप प्रज्वलित गरी स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।

images
images

नेविसंघ धवक्या इकाई समितिका अध्यक्ष सुवास खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिलन बुढाथोकी र कार्यक्रमको संचालन सचिव शौरम रिमालले गरेका थिए । नेविसंघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले नेविसंघको स्थापना दिवसको अवसरमा धनकुटा वहुमुखी क्याम्पसस्थित विपी स्मृती उद्यानको मर्मत तथा सरसफाई र साँझ दिप प्रज्वलित गरी शुभकामना आदानप्रदान समेत गरेको नेविसंघ धवाक्याका अध्यक्ष खनालले बताए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्