images
images
images

पाख्रीबास–९ मा दाहा स्थल संरक्षण साझा अभियान

images

डेबिड ठाडा
धनकुटा । मगर र तामाङ समुदायको संस्कार, संस्कृति र परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म जगेर्ना गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका वडा नं. ९ मा दुई वटा दाहा संस्कार स्थल निर्माण कार्य एकसाथ सुरु गरिएको छ।

मगर दाहा संस्कार स्थल निर्माण अभियान मगर समुदायको अगुवाइमा सुरु गरिएको हो। सामाजिक एकता र सहकार्यलाई आत्मसात गर्दै थालिएको यस अभियानले गाउँमा उत्साह थपेको छ। वडा नं. ९ का वडा अध्यक्ष सम्झना आलेका अनुसार मगर समुदायको सक्रियता, वडा कार्यालयको सहयोग र समाजसेवीहरूको हातेमालोमा काम अगाडि बढिरहेको छ।

images
images

विशेषगरी वैदेशिक रोजगारीमा रहेका मगर समुदायका युवाहरूले आफ्ना दिवंगत आमाबुवाको स्मृतिमा आर्थिक सहयोग पठाउँदै थातथलो र संस्कृतिप्रति प्रेम प्रकट गरिरहेका छन्।गाउँलेहरूले श्रमदान, आर्थिक सहयोग र सामाजिक सद्भावको मिसाल प्रस्तुत गर्दै मगर दाहा स्थल निर्माणमा सक्रिय हातेमालो गरेका छन् । वडा कार्यालयले यो कामलाई विशेष प्राथमिकतामा राख्दै ३ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको वडा अध्यक्ष आलेले जानकारी दिइन् ।

यसैगरी, धर्मशाला तामाङ दाहा संस्कार स्थल निर्माण अभियान पनि तामाङ समुदायका अगुवाहरूको पहलमा समान उत्साहका साथ अघि बढिरहेको छ। सामाजिक सद्भाभाव ,सदाचारका साथ प्रत्येक घर-धुरी हिसाबले आर्थिक सहयोग संकलन गरेका छन् भने स्थानीय गाउँलेहरूले श्रमदान सहित साथ दिइरहेका छन् ।

वडा कार्यालयले तामाङ दाहा स्थल निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष आलेले बताइन। सामाजिक एकता, संस्कृतिप्रतिको प्रेम र सामूहिक भावनाको अनुपम उदाहरण बनेका यी दुई साझा अभियानले पाख्रीबास नगरभित्र मात्र नभई आसपासका बस्तीहरूमा पनि सकारात्मक ऊर्जा र समन्वयको वातावरण सिर्जना गरेको छ।स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, यी अभियानहरू सफलतापूर्वक सम्पन्न भएमा समुदायको संस्कार-संस्कृति जगेर्ना मात्र नभई सामाजिक एकताको नयाँ अध्याय सुरु हुनेछ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्