images
images
images

लागुऔषधसहित धनकुटाको हिलेबाट चार जना प्रहरी नियन्त्रणमा

images

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेबाट प्रहरीले चार जनालाई  लागूऔषधसहित नियन्त्रणमा लिएको छ । हिजो असार १५ गते राति १०:३० बजे हिलेमा खटिएको प्रहरी टोलीले राजेश तामाङको कोठामा तलासी गर्दा लागूऔषध जस्तो देखिने खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ पर्नेमा राजेश तामाङ सहित हिलेका दिपेश राई, सुजन तामाङ, सुमन तामाङ रहेका छन् । प्रहरीका अनुसार टेबुलमा राखिएको रातो प्लास्टिकको प्याकेटमा स–साना ६ पोकामा ६ सय मिलिग्राम खैरो लिसिलो पदार्थ फेला परेको थियो । उनीहरूलाई लागूऔषधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्