images
images
images

धनकुटा कांग्रेसका अभिभावक भीमलाल सुवेदीको निधन

images

धनकुटा l नेपाली कांग्रेस धनकुटाका अग्रज नेता तथा अभिभावक भीमलाल सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । धनकुटा नगरपालिका–९ निवासी सुवेदीको पार्थिव शरीरमा इटहरीस्थित बुढीखोलामा पार्टीका नेताहरुले कांग्रेसको चारतारे झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जिल्ला सचिव विजय सन्तोषी राई, पूर्वकार्यवाहक सभापति गोपाल पौडेल, महासमिति सदस्य गंगाराम ढुंगाना, नेपाल ट्रेड यूनियनका केन्द्रिय सदस्य विगेन्द्र याक्खा, शिक्षक संघ धनकुटा अध्यक्ष धिरेन्द्र बहादुर लिम्बु, प्रदेशसभा सदस्य भुपेन्द्र भण्डारी, नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९ का सभापति सिताराम न्यौपानेलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

images
images

सुवेदीका श्रीमती शारदा पौडेल सुवेदी, छोराहरू कृष्ण, नारायण र इश्वरी सुवेदीसहित वुहारी, छोरी गंगा, गीता र नाति–नातिनी छन् । नेपाली कांग्रेस धनकुटाले सुवेदीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS